पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६४ सहित १०८१ जनामा कोरोना संक्रमण, ९१८ जना डिस्चार्ज, ६ जनाको मृत्यु • Image Khabar Image Khabar


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६४ सहित १०८१ जनामा कोरोना संक्रमण, ९१८ जना डिस्चार्ज, ६ जनाको मृत्यु


Imagekhabar
२४ भाद्र २०७७, बुधबार १६:५६

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६४ सहित १०८१ जनामा कोरोना संक्रमण, ९१८ जना डिस्चार्ज, ६ जनाको मृत्यु

काठमाडौं, भदौ २४ । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ४९ हजार २१९ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४६४ जना संक्रमित भएका छन् ।

काठमाडौंमा ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनासहित उपत्यकामा ४६४ जना कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

बुधबार थप ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा कोरोना भाइरसबाट बुधबार थप ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ पुरुष र ३ जना महिला छन् ।

मन्त्रालयका अनुसार काठमाडौंकी ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३१२ जना रहेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्