Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


विदेशमा रोजगारी गुमाएका हजारौं नेपाली अलपत्र, दूतावासले वास्तै नगरेको गुनासो (भिडियो)


91
Shares

काठमाडौं, भदौ २३ । सरकारले पर्याप्तरुपमा नियमित र उद्धार उडान गर्न नसक्दा हजारौं नेपाली विदेशमा अलपत्र परेका छन् । भिसा अवधि सकिँदा जरिवाना तिर्न नसकेर धेरैको बिचल्ली भएको छ ।

नेपाली दूतावासले राम्रोसँग समन्वय नगरिदिँदा उनीहरुमा धैर्यको बाँध फुट्दै गएको छ ।

कोरोनाका महामारीका कारण एक लाख बढी नेपालीले विदेशमा रोजगारी गुमाएका छन् भने ९० हजार नेपाली भिसा अवधि सकिएर तथा विविध कारणले रोजगारी गुमाइ तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेको सरकारी तथ्यांक छ ।

रोजगारी गुमाएको पीडा त छँदैछ, अर्काेतिर सम्बन्धित दूतावासले पनि बेवास्ता गर्दा पीडामाथि पीडा थपिएको छ ।

साउदी अरबमा कार्यरत् नुवाकोटका अर्जुन लामिछाने लामो समयदेखि काम नपाइ यसै कोठामा थन्किएर बस्नुपरेको गुनासो गर्नुहुन्छ ।

दूतावासमा पटक–पटक सम्पर्क गर्न खोज्दासमेत फोन नै नउठाउने र ‘अफ’ गर्ने गरेको उहाँको भनाइ छ ।

सोलुखुम्बुका गाहाध्वज राईको पनि पीडा उस्तै छ । १० महिनाअघि रोजगारी गुमाएका राईले भिसा नवीकरणका लागि पटक पटक दूतावासमा आग्रह गरे । तर, काम हुनसकेन ।

विगत डेढ महिनायता घरबाटै रकम पठाएर आफनो गुजारा चलाउने गरेका छन् ।

मलेसियामा कार्यरत् विराटनगरका वेदकुमार खतिवडाको करार अवधि सकिसक्यो । न रोजगारदाता कम्पनी, न दूतावासले कानुनी प्रक्रियामा सहजीकरण गरेका छन् ।

घर फर्कन चाहेका खतिवडालाई दूतावासले ‘पीसीआर’ जाँचको रिपोर्ट लिएर आउन भन्छ । तर, कसरी गर्ने थाहा छैन ।

यूएईमा रहनुभएका नेपाली पत्रकार मेघराज सापकोटा यूएईबाट तत्काल फर्कन ३५ हजार तयार छन् । उनीहरु अब केही यो महिनाभन्दा बढी बसे जरिवाना तिर्नुपर्ने उहाँ बताउनुहुन्छ । हवाई भाडा महँगो भएका कारण कतिपय फर्कन नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।

सरकारले गत जेठ २३ गतेबाट सुरु गरेको उद्धार उडानबाट भदौ २३ गतेसम्म ५८ हजार नेपालीको उद्धार गरेको छ । फर्कनैपर्ने बाध्यतामा रहेकाको संख्या झन्डै दोब्बर छ ।

तर, पर्याप्त नियमित उडान हुन नसक्दा उनीहरुले कहिलेसम्म स्वदेश आइपुग्छन् भन्नसक्ने अवस्था छैन ।

भिडियो हेर्नुहोस्

विदेशमा रोजगारी गुमाएका हजारौं नेपाली अलपत्र, दूतावासले वास्तै नगरेको गुनासो

विदेशमा रोजगारी गुमाएका हजारौं नेपाली अलपत्र, दूतावासले वास्तै नगरेको गुनासो

Posted by ImageKhabar.com on Tuesday, September 8, 2020

Skip This