२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चिकित्सक सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि झापाको बीएण्डसी अस्पताल सिल


0
Shares

झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत एक चिकित्सक सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ ।

नगरले मापदण्ड अनुसार संक्रमितको पहिलो संम्पर्कमा आएकाहरुको क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण गर्ने, संक्रमितको परिवारलाई होम क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण गर्ने, अस्पतालका संक्रमित कर्मचारीहरुलाई अस्पतालकै आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था मिलाएको छ ।

अस्पतालको अत्यावश्यक स्वास्थ्य सेवा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको मापदण्डमा रहेर संचालन गर्ने निर्णय गरेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले जानकारी दिनुभयो ।