धानबालीमा रोग लागेपछि डडेल्धुराका कृषक चिन्तित • Image Khabar Image Khabar


धानबालीमा रोग लागेपछि डडेल्धुराका कृषक चिन्तित


Imagekhabar
२० भाद्र २०७७, शनिबार १९:०८

धानबालीमा रोग लागेपछि डडेल्धुराका कृषक चिन्तित

डडेल्धुरा, भदौ २० । धानबालीमा रोग लागेपछि डडेल्धुराका कृषक चिन्तित भएका छन् ।

धानका पातसहित बालाजति सबै सुकेर जान थालेपछि कृषक चिन्तित भएका हुन् ।

रोगका कारण कृषकले लगाएको धानबाली परालमा परिणत हुने देखिएको छ ।

गाउँ-बस्तीका किसानले सयौं रोपनीमा लगाएको धानबाली सुकेर जान थालेपछि उनीहरुले सम्बन्धित निकायमा खबर गरेका छन् ।

यसपटक धानको पात सेतो हुँदै सुकेर जाने, पात पहेंलो हुने रोग देखिएको छ ।

कृषि प्राविधिकहरुले भने उन्नत जातको धान नरोप्नु, वर्षौंसम्म एउटै बीउ रोप्नु र बीउ उपचार गरेर नरोप्ने परम्पराका कारण धानखेतीमा रोग देखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्