१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


पाल्पामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु


0
Shares

पाल्पा, भदौ १८ । पाल्पाको रामपुर नगरपालिका–४ टुनी भन्ज्याङ्गमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बिहीबार बिहान बुटवलबाट रामपुर जाँदै गरेको बागमती प्रदेश ०३-००१-००७१ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका– ७ घर भएका ३० वर्षका सन्तोष गहतराजको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

ट्रक कालीगण्डकी करिडोरका लागि तार जालीसहित सामान लिएर रामपुर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्रकमा चालकसहित तीन जना थिए ।

फरार चालकको खोजी भइरहेको छ भने अर्का एक जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।