
काठमाडौं । केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य क्रमिक रुपमा घट्न थालेको छ ।
बुधबारको तुलनामा आज तोलामा ७ रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा १२ सय रुपैयाँले घटेर तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
आज चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी ३० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य निरन्तर घटिरहेकाले यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ४१ डलरमा र चाँदी प्रतिऔंस २७ दशमलव ४९ डलरमा कारोबार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्