१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


विराट नर्सिङहोम तनावग्रस्त


0
Shares

विराटनगर, असार ७ । पाठेघरसम्बन्धी बिरामी एक महिलाको उपचारकाक्रममा शनिबार मृत्यु भएपछि विराटनगर–२, मुनालपथस्थित विराट नर्सिङहोम तनावग्रस्त भएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका विराटचोक घर भएकी ३८ वर्षीया चेलीमाया भनिने प्रिती कोइरालाको उपचारकाक्रममा मृत्यु भएपछि आफन्तले लापरबाही गरेको आरोप लगाउँदै नर्सिङहोमको गेटमा ताला लगाउनुका साथै सामान्य तोफोडसमेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले नर्सिङहोममा सुरक्षा दिनुका साथै लगाइएको ताला खोलेको छ ।

नर्सिङहोम प्रशासनले संक्रमणका कारण बिरामीको मृत्यु भएको र यसमा चिकित्सकको कुनै लापरबाही नरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले अहिले स्थिति सामान्य रहेको र दुवै पक्षबीच वार्ताको तयारी भइरहेको जानकारी दिए ।

बिरामीको उपचारको करिब २८ घन्टापछि कोइरालाको मृत्यु भएको थियो ।

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको विरोधमा विराटनगर–धरान सडकखन्डमा टायर बालेर अवरुद्ध गर्न खोज्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । रासस