Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


एनआरएन जापानले २१ करोड बराबरको स्वास्थ्य सामग्री नेपाललाई दिँदै


0
Shares

काठमाडौं । जापानमा रहेकन नेपाली समुदायको सकृयतामा करिब २१ करोड रुपैया भन्दा बढीको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिने भएको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा जापानको फुजिरेव्इओ कम्पनीले नेपालको स्वास्थ्य मन्त्रालयलाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो ।

श्रेष्ठका अनुसार पहिलो चरणमा, ३ करोड भन्दा बढीको ७ हजार स्वास्थ्य सम्वन्धी किट चार्टड फ्लाईट मार्फत बुधवार नेपाल पठाएको छ ।

सो कम्पनीले बाँकी सामग्री नेपाल सरकारको माग अनुरुप ५० हजार थान किट सामग्री दिने घोषणा गरेको छ ।

सरकारले चाहेमा पुरै ५० हजार थान अर्थात २१ करोड रुपैयाँको सामग्री नेपाल भित्र्याउन सक्ने छ ।