काठमाडौं, असार ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार दिउँसो ३ः०० बजे सचिवालय बैठक बस्ने भएको छ ।
नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे छलफल हुने जानकारी गराए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो ।
यसअघि, गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्यविभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।
नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे पटक–पटक बैठक बसे पनि टुंग्याउन सकेको थिएन ।
नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएपछि सांठनिक एकीकरणका अन्य काम टुंग्याउने तयारी गरेको छ ।
यसअघि, जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो । रासस









प्रतिक्रिया दिनुहोस्