Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


काठमाडौंका २२ स्थानमा ‘डमी ट्राफिक प्रहरी’


0
Shares

काठमाडौं । महानरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न सडक छेउमा २२ वटा ट्राफिक प्रहरीजस्तै देखिने डमी बनाएर राखेको छ ।

ट्राफिक सचेतना अभिवृद्धिका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम अन्तर्गत सडक छेउमा डमी राखेको हो ।

डमीको हातमा ट्राफिक नियम उल्लघंन गरेमा ५ सय देखि देखि १० हजारसम्म जरिवाना हुने जानकारी लेखिएको बोर्ड रहेको छ ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले हामीलाई जानकारी दिनभयो ।

महाशाखाले काठमाडौं उपत्यकाको विभिन्न सडकखण्डमा कोरोना संक्रमणबाट जोगिने उपायहरू लेखिएका ६० वटा फ्लेक्स बोर्डहरू पनि राखेको छ ।