चितवनको मुख्य बजारमा जीप पल्टियो, छजना घाइते (छ तस्वीर) « Image Khabar


चितवनको मुख्य बजारमा जीप पल्टियो, छजना घाइते (छ तस्वीर)


Imagekhabar
१६ भाद्र २०७७, मंगलवार १५:१३

डोलराज रानाभाट (इमेज)

चितवन, भदौ १६ । चितवनको नारायणगढबजारस्थित सहिदचोकमा मंगलबार एउटा जीप पल्टँदा छजना घाइते भएका छन् ।

भैरहवाको लुम्बिनीबाट क्यान्सरको बिरामी बोकेर आएको लु२च ६००५ नम्बरको जीप सहिदचोकमा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

सडकमा रहेको डिभाइडरमा ठोक्किएर जिप अनियन्त्रित भइ पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्