असारमा रोपिएको धान गोडमेल गरीसक्दासमेत सर्लाहीका किसानले मल पाएनन् • Image Khabar Image Khabar


असारमा रोपिएको धान गोडमेल गरीसक्दासमेत सर्लाहीका किसानले मल पाएनन्


Imagekhabar
१६ भाद्र २०७७, मंगलवार १४:०२

असारमा रोपिएको धान गोडमेल गरीसक्दासमेत सर्लाहीका किसानले मल पाएनन्

सर्लाही । सर्लाहीका कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् ।

असारमा रोपिएको धान गोडमेल गरीसक्दासमेत मल नपाएपछि उत्पादन घट्ने निश्चित भएकाले उनीहरु चिन्तित भएका हुन् ।

दुई पटक मल हाल्ने बेला भइसक्दा पनि उनीहरुले मल पाउन सकेका छैनन् ।

वर्षेनी मलको अभाव हुँदै आए पनि यसपटक भने कोभिड–१९ का कारण कृषकलाई समयमै मल उपलब्ध गराउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख दिपक र्बमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्