
सिन्धुली, असार ३२ । सिन्धुली जिल्लामा ६५ प्रतिशत रोपाई सम्पन्न भएको छ ।
विगत वर्षका तुलनामा यसवर्ष समयमै मनसुनी बर्षा भएकाले रोपाई छिटो भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
सिन्धुलीमा १४ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिंदै आएको छ ।
साउन १५ सम्म शतप्रतिशत रोपाई सम्पन्न भइसक्ने कार्यालयले जनाएको छ ।
सिन्धुलीमा दोश्रो प्रमुख खाद्य बालीमा पर्ने धान बालीले जिल्लामा कुल ५० प्रतिशत खाद्यान्न पूर्ति गर्ने गरेको छ ।
जिल्लामा यसवर्ष नब्बे हजार मेट्रिक टन धान बाली उत्पादन हुने लक्ष्य कार्यालयको छ ।
प्रतिक्रिया दिनुहोस्