
काठमाडौं, भदौ १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।
आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।
मृत्यु हुनेमा ४ जना महिला र १० पुरूष छन् ।
४ महिला सुनसरी, बारा, महोत्तरी र काठमाडौंका हुन् ।
१० जना पुरुषमा सुनसरी, मोरङ, नवलपरासी, रौटहट, ललितपुर, भक्तपुरका एक/एक जना छन् भने महोत्तरी र रूपन्देहका दुई/दुई जना पुरूष छन् ।
प्रतिक्रिया दिनुहोस्