चितवनमा प्राकृतिक विधिबाट उपचार गर्नेगरी आइसोलेसन केन्द्र सञ्चालन • Image Khabar Image Khabar


चितवनमा प्राकृतिक विधिबाट उपचार गर्नेगरी आइसोलेसन केन्द्र सञ्चालन


Imagekhabar
१४ भाद्र २०७७, आईतवार १४:४४

चितवनमा प्राकृतिक विधिबाट उपचार गर्नेगरी आइसोलेसन केन्द्र सञ्चालन

चितवन, भदौ १४ । कोरोना संक्रमितलाई प्राकृतिक विधिबाट उपचार गर्ने गरी चितवनको भरतपुरमा आइतबारबाट कोभिड १९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ ।

तत्काललाई ७५ वेडबाट सुरु भएको आइसोलेसन केन्द भरतपुर महानगरपालिकाको लगानीमा योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा तयार पारिएको हो ।

आवश्यकता अनुसार बढाउँदै लगिने आइसोलेसन केन्द्रमा ३०० देखि साढे ३ सय बेडसम्मको व्यवस्था गर्न सकिने प्रदेश सांसद विजय सुवेदीले जानकारी दिनुभयो ।

आइसोलेसनमा लक्षण नदेखिएका र घरमा छुट्टै बस्ने सुविधा नभएकाहरुलाई राखिने उहाँको भनाइ छ ।

यसो गर्दा लक्षण नदेखिएका संक्रमितहरुले भरिएको अस्पतालको वेड खाली हुने र लक्षण देखिएकाहरुले सहज उपचार सेवा पाउने बताइएको छ ।

आइसोलेसनमा रहनेहरुको खाना, हेरचाह उपचारलगायतका लागि चिकित्सालय, भरतपुर महानगर, भरतपुर अस्पतालबाट १५ जना कर्मचारी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्