१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


सुजाता तामाङको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ


0
Shares

पाँचथर, असार ६ । पाँचथर प्रहरीले युवती सुजाता तामाङको हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

गोपेटारको एनएमबी माइक्रोफाइनान्सकी कर्मचारी तामाङको हत्या भएको दुई दिनपछि प्रहरीले हिलिहाङ–६ का १९ वर्षीय घनेन्द्र लावतीलाई हत्याको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीले लावतीका साथबाट ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकरी पनि बरामद गरेको छ । हिलिहाङ–६ रातमाटेमा लघुवित्त समूहको बैठकपछि ब्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको यही असार ३ गते हिलिहाङ–६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

अभियुक्त लावतीलाई गाउँमै लुकेर बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।