
काठमाडौं । जर्मनीमा कोराना भाइरस नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धविरुद्धमा प्रदर्शन भएको छ ।
जर्मनीको बर्लिनमा भेला भएका करिव ४० हजार सर्वसाधारणले दुई समूहमा विभाजन भएर प्रदर्शन गरेका हुन् ।
भेलामा सहभागीहरुलाई सामाजिक दूरी कायम गर्न सुरक्षाकर्मीले पटक पटक आग्रह गर्दा वेवास्ता गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ ।
सोही क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र पानीको बोतल प्रहार गर्दा दुवैतर्फ केही घाइते भएका छन् ।
प्रदर्शनकै क्रममा २ सय जनालाई पक्राउ गरिएको छ । जर्मनीमा कोराना भाइरसका कारण हालसम्म ९ हजार ३ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४२ हजार संक्रमित छन् ।
संक्रमण नियन्त्रणका लागि जर्मन सरकारले मापदण्ड तोकेर केही व्यवसायमाथि प्रतिबन्ध लगाउनुका साथै सभा र भेलाहरु आयोजना गर्न निषेध गरेपछि त्यसको विरोधमा प्रदर्शन चर्किएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्