Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


गण्डकी प्रदेशमा प्रहरी र चिकित्सकमा कोरोना संक्रमण


0
Shares

पोखरा । गण्डकी प्रदेशमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ८ जना लमजुङ जिल्लामा कार्यरत नेपाल प्रहरी हुन् ।

हिजो लमजुङ बेसीशहरमा कार्यरत १२ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

त्यहीँ कार्यरत थप ८ प्रहरीको रिपोर्ट पोजिटिभ आएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै पोखराको मणिपाल शिक्षण अस्पतालका एक २६ वर्षीय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।