Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


व्यापार घाटा ११ खर्ब पुग्यो


0
Shares

काठमाडौं, असार ५ । चालू आर्थिक वर्षको १० महिनासम्ममा व्यापार घाटा ११ खर्ब बराबर पुगेको छ ।

यस अवधिमा व्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिमा १९.७ प्रतिशतले व्यापार घाटा विस्तार भएको जनाएको हो ।

समीक्षा अवधिमा ७८ अर्ब ५३ करोडको वस्तु निर्यात भएकोमा कुल वस्तु आयात १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति डामाडोल देखिएको छ ।

यस अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोडले घाटामा थियो ।

चालू खाता घाटा पनि बढेर दुई खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक खर्ब ९२ अर्ब ५ करोड थियो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा भने वृद्धि आएको छ । यस अवधिमा १९.६ प्रतिशतले वृद्धि भइ ७ खर्ब २५ अर्ब ३० करोड रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ ।