फिलिपिन्स अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो तीन स्वर्णसहित ११ पदक • Image Khabar Image Khabar


फिलिपिन्स अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो तीन स्वर्णसहित ११ पदक


Imagekhabar
१२ भाद्र २०७७, शुक्रबार १७:५७

फिलिपिन्स अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो तीन स्वर्णसहित ११ पदक

काठमाडौं, भदौ १२ । फिलिपिन्स २०२० अन्तर्राष्ट्रिय काता कुमुते कुबुदो कराँते प्रतियोगितामा नेपालले ११ पदक जित्न सफल भएको छ ।

बुधबारदेखि शुक्रबारसम्म तीन दिन भएको दा त्रियाद मिट गेम्स कराँते आइडल फोर नेक्स्ट लेभल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सुविता गौतम, अनुभा मंग्राती र जुलियाना मोक्तानले नेपाललाई स्वर्णपदक दिलाएका हुन् ।

सुविताले १२ वर्षमुनिको महिला कातामा, अनुभाले १७ वर्षमुनिको महिला कातामा र जुलियानाले नौ वर्षमुनिको महिला कुमुतेमा स्वर्ण जितेका हुन् ।

त्यसैगरी, नेपालले चार रजत र चार कास्यपदक पनि जितेको छ । नौ वर्षमुनिको काता पुरुषमा दिप्सन सापकोटा, १२ वर्षमुनिको महिला कातामा न्यान्सी क्षेत्री, सिनियर महिला कातामा रिना श्रेष्ठ र १७ वर्षमुनिको कुमुते पुरुषमा अनुराग पाण्डेले रजतपदक दिलाए ।

प्रतियोगितामा नेपालसहित भारत, सिंगापुर, फिलिपिन्स, युएई, हङकङ, क्यानाडा, इटालीलगायत १४ राष्ट्रका खेलाडीले भाग लिएका थिए । विभिन्न नौ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्