१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


उदयपुरमा जन्ती लिएर आएको भारतीय बस दुर्घटना, एकजनाको मृत्यु


0
Shares

उदयपुर, असार ३२ । उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराति पौने १० बजे दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार भारतीय नागरिक ३२ वर्षीय मनोज दासको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा राति नै मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको छ ।