 
	    काठमाडौं, असार ३२ । विश्वकप फुटबलको २१ औं संस्करण रुसमा सकिएको छ ।
रुसले पहिलो पटक आयोजना गरेको विश्वकपको समापन समारोहमा विश्वका शिर्ष नेताहरुदेखि फुटबल हस्तीहरुको उपस्थिति थियो ।
विश्वकपको फाईनल खेलमा पराजित भएपनि क्रोएसियाले खेलाडी लुका मोड्रिच विश्वकपका उत्कृष्ट खेलाडी बने ।
स्पेसिन क्लव रियाल मड्रिडबाट खेल्दै आएका मिडफिल्डर मोड्रिचले विश्वकपका उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल जितेका हुन् ।
विश्वकपका सात खेलमा मोड्रिचले २ गोल गरेका थिए । तर क्रोएसियाको हरेक जितमा मोड्रिचको प्रदर्शन प्रेरणादायी थियो ।
यो विश्वकपमा सर्वाधिक ६ गोल गर्न सफल इङ्गल्याण्डका ह्यारी केनले गोल्डन बुट अवार्ड जितेका छन् ।
केनले समुह चरणमा ५ तथा राउण्ड अफ सिम्सटिनमा एक गोल गरेका थिए । केनले गरेका ६ मध्ये ३ गोल पेनाल्टीमार्फत थियो ।
यसैगरी फ्रान्सका किलियन एम्बाप्पे विश्वकपका उत्कृष्ट युवा खेलाडी बने । एम्बाप्पेले प्रतियोगितामा चार गोल गरेका थिए ।
यसपटक बेल्जियमका गोलकिपर थियाबु कोर्टुवा उत्कृष्ट बन्दै गोल्डेन ग्लोभ्स जिते भने फेयर प्ले टिमको उपाधि स्पेनले जितेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्