
काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय शिव पुजन कोहारको हिजो राती उपचारका क्रममै मृत्यु भएको फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।
६ गतेदेखि स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएका उनको राती मृत्यु भएको हो ।
५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनी उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताबाट पीडित थिए ।
यता, पर्सामा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालका प्रवक्ता डाक्टर आतुलेश चौरासियाका अनुसार पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको हिजो साँझ नारायणी अस्पतालमा मृत्यु भएको हो ।
चौरसियाका अनुसार मृत्यु भएका व्यक्ति ८ भदौमा अस्पताल भर्ना भएका थिए ।
प्रतिक्रिया दिनुहोस्