सामाजिक सञ्जालमा सर्वसाधारणको पँहुच रोक्न थाइल्याण्ड तयार • Image Khabar Image Khabar


सामाजिक सञ्जालमा सर्वसाधारणको पँहुच रोक्न थाइल्याण्ड तयार


Imagekhabar
११ भाद्र २०७७, बिहीबार ०६:५०

सामाजिक सञ्जालमा सर्वसाधारणको पँहुच रोक्न थाइल्याण्ड तयार

काठमाडौं । थाइल्याण्डले कानुन उल्लंघन गरेको भन्दै केही सामाजिक सञ्जालमा सर्वसाधारणको पँहुच नियन्त्रण गर्ने जनाएको छ ।

केही सामाजिक सञ्जालमा कानुनविपरीत विषयवस्तु प्रस्तुत गरिएको भन्दै त्यस्ता लिंक तथा वेवसाइटहरु बन्द गर्न आदेश दिएको छ ।

अर्थव्यवस्था तथा समाज मन्त्रालयले फेसबुक, ट्वीटर र युट्युबमा राखिएका केही सामग्री प्रस्तुत गरिएको भन्दै तत्काल रोक्न निर्देशन दिएको हो ।

अर्थव्यवस्था तथा समाजमन्त्री बुद्धिपोँसे पुन्नाकान्तले अदालतले नै रोक लगाएका विषयवस्तु सामाजिक सञ्जालमा आएका भन्दै तत्काल ती सामग्री हटाउन निर्देशन दिएको बताउनुभयो ।

मन्त्री पुन्नाकान्तले थाइल्याण्डका केही आन्तरिक समस्या धेरै रहेकाले सामाजिक सञ्जालमा अहिले नै छलफल गर्न उपयुक्त नभएको प्रतिक्रिया दिनुभएको छ ।

थाइ अदालतले गत अगस्ट १० मा फेसबुकमा राखिएका सामग्री तत्काल नहटाए कारवाही गर्ने चेतावनी दिएको थियो ।

उहाँले मन्त्रालयमा विभिन्न उजुरीहरु परेकाले तत्काल त्यस्ता पोष्ट तथा सामाजिक सञ्जालका लिंकहरु हटाउनुपर्ने स्पष्ट पार्नुभयो ।

तर फेसबुकले त्यस्ता पोष्टहरु अझै नहटाएको भन्दै उहाँले कानुनी कारवाहीमा जाने चेतावनीसमेत दिनुभयो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्