औषधिको अभाव छैन : विभाग • Image Khabar Image Khabar


औषधिको अभाव छैन : विभाग


Imagekhabar
१० भाद्र २०७७, बुधबार १७:०६

औषधिको अभाव छैन : विभाग

काठमाडौं, भदौ १० । नेपालमा अत्यावश्यकीय औषधिहरुको अभाव नरहेको औषधि व्यवस्था विभागले जनाएको छ ।

तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा समस्या देखिएपनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको भनाई छ ।

अहिले देशका कुनैपनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताउनुभयो ।

नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउनेक्रममा केही ढिला हुँदा समस्या देखिएपनि अभावको अवस्था नभएको उहाँको भनाई छ ।

महानिर्देशक ढकालले कोरोना भाइरसविरुद्ध नेपालमा प्लाज्मा थेरापीका लागि अनुमति दिइएको बताउनुभयो ।

आवश्यक प्रयोजनका लागि विश्वका विभिन्न मुलुकले समेत सो औषधिलाई अनुमति दिएको उल्लेख गर्दै उहाँले रगतको प्लाज्मा निकालेर गम्भिर अवस्थाका विरामीलाई दिने ‘प्लाज्मा थेरापी’ विधिको प्रयोग भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्