इमेजकर्मीहरुको 'पीसीआर' परीक्षण • Image Khabar Image Khabar


इमेजकर्मीहरुको ‘पीसीआर’ परीक्षण


Imagekhabar
१० भाद्र २०७७, बुधबार १४:५६

इमेजकर्मीहरुको 'पीसीआर' परीक्षण

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा कोरोना महामारी समुुदायस्तरमै फैलिन सक्ने सम्भावना बढेपछि ‘कन्ट्याक ट्रेसिङ’का आधारमा काठमाडौंका विभिन्न वडाहरुमा धमाधम ‘पीसीआर’ परीक्षण गर्न थालिएको छ ।

बुधबार काठमाडौं महानगरपालिका वडा नम्बर-२६ का करिब ११० जनाको लैनचौरस्थित पार्टी प्यालेसमा पीसीआर परीक्षण गरिएको छ ।

वडा-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले वडामा केही व्यक्तिलाई संक्रमण देखिएपछि समुदायस्तरमै फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै ट्रेसिङका आधारमा पीसीआर परीक्षण गरिएको बताउनुभयो ।

इमेजकर्मीहरुको परीक्षण
यता, इमेज च्यानल टेलिभिजनका ५७ जना कर्मचारीको पनि पीसीआर परीक्षण गरिएको छ । मंगलबार १७ जनाको गरिएकोमा बुधबार थप ४० जनाको पीसीआर गरिएको हो ।

पछिल्लो समय ‘फ्रन्टलाइन’मा काम गर्ने सञ्चारकर्मीहरुमा समेत संक्रमण देखिन थालेपछि इमेज च्यानलले आफ्ना कर्मचारीहरुको परीक्षण गराएको हो ।

प्रतिक्रिया दिनुहोस्