Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


बिराटनगरमा पाँचसय जना कोरोना संक्रमित घरमै


0
Shares

विराटनगर । बिराटनगरमा पाँचसय जना कोरोना संक्रमित घरमै बसेका छन् ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाले पाँचसय संक्रमित घरमै बसी रहेको जनाएको हो ।

विराटनगर महानगरपालिकाले आजसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या ८ सय ३१ पुगेको पनि जनाएको छ ।

घरमा बसेकाहरुलाई विराटनगर महानगरपालिकाले प्रभावकारी समन्वय गर्न नसकेको बताइएको छ ।

समन्वय नहुँदा समुदायमा संक्रमण फैलने जोखिम बढेको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले होम ३ सय ५ महिला र १ सय ९५ संक्रमित पुरुष होम आइसोलेसनमा रहेको बताउनुभयो ।