ट्रोलको शिकार भएपछि दुर्गेशले ल्याए ‘आलु जस्तो गायक’ • Image Khabar Image Khabar


ट्रोलको शिकार भएपछि दुर्गेशले ल्याए ‘आलु जस्तो गायक’


Imagekhabar
८ भाद्र २०७७, सोमबार ०८:४४

ट्रोलको शिकार भएपछि दुर्गेशले ल्याए ‘आलु जस्तो गायक’

काठमाडौं । गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएलगत्तै चर्चा पाएको छ ।

गीतको भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमा परिरहेको छ । गीतमा वसन्त थापाले शब्द/सङ्गीत दिनुभएको छ ।

शिव विकले निर्देशन गरेको गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय तथा नृत्य देख्न पाइन्छ ।

‘इनाक्षी इन्टरटेन्टमेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक गीतमा थापाको साङ्गीतिक जीवनको भोगाइ र उतारचढाव समावेश छ ।

गीतमा जनकवि केशरी धर्मराज थापाको गीतलाई ब्यङ्य गरिएको भनी आलोचना पनि भइरहेको छ ।

पछिल्लो समय ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन’बाट व्यापक ट्रोलको शिकार बनेका गायक थापाले रियाक्सन स्वरुप नयाँ गीत ‘आलु जस्तो गायक’ रिलिज गरेको बताइन्छ ।

‘जनता जान्न चाहन्छन’ कार्यकममा नारायणगोपालको कुनै एउटा गीत गाउनु भनेर अनुरोध गर्दा उनले भक्तराज आचार्यको गीत गाएपछि उनी रातारात विवादमा तानिएका थिए।

त्यसपछि उनि व्यापक ‘ट्रोल’को सिकार बन्न पुगेका थिए । सोही घटनालाई केन्द्रमा राखेर दुर्गेशले नयाँ गीत रिलिज गरेका हुन्।

थापाको यही वर्ष सार्वजनिक ‘बीच्चबीचमा–२’ तीज गीत पनि चर्चित छ ।

प्रतिक्रिया दिनुहोस्