
दीपक घिमिरे (इमेज)
भैरहवा, असार ३ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार हतियारसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘मेडइन चेकोस्लोभाकिया’ लेखेको एउटा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने १६ राउन्ड गोलीसहित भारत, लखनउका ५० वर्षीय उमेश शुक्लालाई पक्रेको हो ।
शुक्लाले मंगलबार दिउँसो १ बजेको बुद्ध एअरको उडानबाट पोखरा जानका लागि टिकट काटेका थिए ।
उनको लगेज विमानस्थलको एक्सरे मेसिनद्वारा चेकजाँच गर्दा लगेजभित्र पेस्तोल रहेको थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
शुक्लामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्