काठमाडौं, भदौं ६ । विश्व कोरोना भाइरस संक्रमणको महामारीमा फसेको छ ।
गत वर्ष अर्थात् सन् २०१९ को अन्तिम महिना डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा फेला परेको यस भाइरसले ८ महिनाको यस अवधिमा विश्वलाई नै आक्रान्त पारेको छ ।
आठ महिनाको यस अवधिमा विश्वका एक से एक शक्तिशाली भन्ने देश, व्यक्तिदेखि वैज्ञानिकसम्मलाई निरीह बनाएको यस भाइरसले अहिलेसम्म ८ लाख मानिसलाई मृत्युको मुखमा पुर्याइसकेको छ ।
परीक्षण भएका मध्ये संसारका २ करोड ३० लाख मानिस यसबाट संक्रमित बनेका छन् । निको हुनेको संख्या १ करोड ५७ लाख रहेको छ । ६६ लाख १५ हजार मानिस भाइरस बोकेर बाचिरहेका छन् ।
जसमा ६१ हजार मानिसको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर डट इन्फोले जनाएको छ । जसमध्ये सबैभन्दा बढी मृत्यु हुने र संक्रमित हुने देश भने यी हुन् ।
| क्रसं | देश नाम | मृतकको संख्या | क्रसं | देशको नाम | शीर्ष संक्रमण |
| १ | अमेरिका | १,७९,००० | १ | अमेरिका | ५७,९९,००० |
| २ | ब्राजिल | १,१३,००० | २ | ब्राजिल | ३५,३६,००० |
| ३ | मेक्सिको | ५९,००० | ३ | भारत | २९,८५,००० |
| ४ | भारत | ५६,००० | ४ | रुस | ९,५१,००० |
| ५ | बेलायत | ४१,४०० | ५ | दक्षिण अफ्रिका | ६,०३,००० |
| ६ | इटाली | ३५,४०० | ६ | पेरु | ५,७६,००० |
| ७ | फ्रान्स | ३०,५०० | ७ | मेक्सिको | ५,४९,००० |
| ८ | स्पेन | २८,८०० | ८ | कोलम्बिया | ५,२२,००० |
| ९ | पेरु | २७,२०० | ९ | स्पेन | ४,०७,००० |
| १० | इरान | २०,५०० | १० | चिली | ३,९३,००० |





प्रतिक्रिया दिनुहोस्