ढुसीले अदुवा कुहिएपछि पाँचथरका किसान चिन्तित • Image Khabar Image Khabar


ढुसीले अदुवा कुहिएपछि पाँचथरका किसान चिन्तित


Imagekhabar
६ भाद्र २०७७, शनिबार १९:१३

ढुसीले अदुवा कुहिएपछि पाँचथरका किसान चिन्तित

पाँचथर, भदौ ६ । पाँचथरको मिक्लाजुङ र हिलिहाङ गाउँपालिकाका कृषकले लगाएको अदुवामा ढुसी रोगको प्रकोप देखिएपछि लाखौं मूल्यको अदुवा कुहिएको छ ।

ढुसीको कारण कृषकले लगाएको माउ अदुवा बारीमै कुहिएपछि कृषकहरु चिन्तित बनेका हुन् ।

अनुगमनका क्रममा झन्डै १०० हेक्टर बढी क्षेत्रफलमा लगाएको अदुवा बारीमै कुहिएको मिक्लाजुङ गाउँपालिका २ का वडाध्यक्ष सन्तोष सेर्माले जानकारी दिनुभएको छ ।

अदुवा रोप्नुभन्दाअघि नै बीऊको उपचार गर्नुपर्ने भएतापनि कृषकले उपचार नगरी रोपकोले ढुसी आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्