Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


रिपोर्ट आउन ढिलाइ हुँदा कोरोना संक्रमण समुदायमा फैलिने खतरा


0
Shares

corona virus

सर्लाही, भदौ ६ । ‘पीसीआर’ परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा सर्लाहीमा कोरोना संक्रमण समुदायमा फैलिने खतरा बढेको छ ।

पीसीआर परीक्षणका लागि स्वाब दिएका व्यक्ति रिपोर्ट नआउन्जेल घरमै ‘क्वारेन्टिन’मा नबसी समुदायमा हिँड्ने गर्दा संक्रमणको जोखिम बढेको हो ।

सर्लाहीमा पीसीआर परीक्षण मेसिन नहुँदा संकलन गरिएको स्वाब जनकपुर र धनुषामा पठाइने गरेको छ ।

जिल्लाबाहिर परीक्षण गर्न पठाएको स्वाबको रिपोर्ट आउन एक हप्ताभन्दा बढी समय लाग्ने गरेको छ ।

स्थानीय प्रशासन र जनप्रतिनिधिले रिपोर्ट नआउन्जेल घरमै बस्न आग्रह गरेपनि मानिसहरुले त्यसको वास्ता नगरेको पाइएको छ ।