
काठमाडौं, असार २ । काठमाडौैं जिल्ला अदालतले सुकेधारास्थित ऐश्वर्य बालगृहका सन्चालक निर्मला घिमिरेसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
घिमिरेले धरौटी रकम बुझाउन नसकेपछि उनलाई सोमबारै कारागार चलान गरिएको छ ।
घिमिरेविरुद्ध बालगृहमा राखिएका बालबालिकामाथि अनुचित व्यवहार गरेको तथा बालगृहमा रहेका बालबालिकाका अभिभावकलाई ठगी गरेको अभियोजनसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
उनलाई मुलकी अपराध संहिता २०७४ को दफा २४९ अन्तर्गत् सजाय गर्न माग गरिएको छ ।
उक्त प्रावधानअनुसार दोषी प्रमाणित भए ७ वर्ष कैद, ७० हजार जरिवाना र क्षतिपूर्तिवापत १२ लाख ५० हजार रुपैयाँ असुल गर्नुपर्नेछ ।
यस्तै, बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार ५० हजार जरिवाना र एक वर्षको थप कैद हुनेछ ।
प्रतिक्रिया दिनुहोस्