
फाइल तस्वीर ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले आज(विहीबार) सार्वजनिक बिदा दिएकोे छ ।
४ भदौमा प्रदेशको स्थापना तथा शहीद दिवस भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिनुुभयो ।
कर्णाली प्रदेश स्थापनाका क्रममा २०७२ साउन देखि भदौ सम्म प्रदेश प्राप्तिका लागि संचालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाएपछि उनीहरुलाई राज्यले शहीद घोषणा गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्