Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाकै पहिचान खुल्यो


0
Shares

अछाम । कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाको पहिचान खुलेको छ ।

वडा नम्बर ५ सैनिबजारबाट बगाएका स्थानीय नन्दु साउदको १० जना परिवार सहित सबैको परिचय खुलेको हो ।

वेपत्ता हुनेमा चन्द्र ब साउद, बशुन्धरा साउद, नन्द सिं साउद, गंगा साउद, रुपेस साउद, जोगा साउद, नबिन साउद, कबिता बुढा साउद, अमर बहादुर शाह, पबित्रा शाह, समिर शाह, लालसरा शाही, बशन्त शाही, गौरि शाह, सम्झना शाह, प्राप्ति साउद र बिमा साउद रहेको रामारोशन गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदले जानकारी दिनुभयो ।

सोमबार बिहान रामारोशन गाउँपालिकाको सान्तडास्थित सैनीबजारमा पसेको बाढीले कम्तीमा पनि ३० पसलहरु बगेको बताइएको छ ।

अहिलेसम्म ६ जनाको शव फेला परेको र १७ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Skip This