कुशे औंशीको दिन आज पितालाई सम्मान गरिंदै, कोरोना त्रासले गोकर्णेश्वरमा मेला नलाग्ने • Image Khabar Image Khabar


कुशे औंशीको दिन आज पितालाई सम्मान गरिंदै, कोरोना त्रासले गोकर्णेश्वरमा मेला नलाग्ने


Imagekhabar
३ भाद्र २०७७, बुधबार ०९:४५

कुशे औंशीको दिन आज पितालाई सम्मान गरिंदै, कोरोना त्रासले गोकर्णेश्वरमा मेला नलाग्ने

काठमाडौं । आज कुसे औंसी, अर्थात बाबुको मुख हेर्ने दिन । सनातन हिन्दु धर्मावलम्बीहरुले भाद्र कृष्ण औंसीका दिन आज घरघरमा कुश भित्र्याउँदैछ ।

वर्ष दिनभरी गरिने धार्मिक अनुष्ठान तथा कार्यहरुमा प्रयोग हुने कुशलाई सधैं पवित्र वनस्पति मानिन्छ । आजको दिन पुरोहितहरुले यजमानका कुश लगिदिने चलन छ ।

आजै पितालाई सम्मान गरि उपहार तथा मिष्ठान्न भोजन खुवाउने गरिन्छ । उता, काठमाडौंको गोकर्णेश्वरमा हरेक वर्ष कुशे औंसीका दिन लाग्दै आएको मेला यसपटक नहुने भएको छ ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकोले आज मेला स्थगित गरिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।

मन्दिर क्षेत्रमा सर्वसाधारणको भिडभाड रोक्न आज बिहानैदेखि उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्