१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


कोरोना संक्रमणसँगै बढ्दैछ लापरबाही


0
Shares

corona kathmandu

दीपक श्रेष्ठ र राममान डंगोल (इमेज)

काठमाडौं, भदौ १ । औषधि पत्ता नलागेकाले कोरोना संक्रमणबाट जोगिने एउटामात्र उपाय हो, पर्याप्त सुरक्षा सावधानी अपनाउनु ।

तर, संक्रमण बढिरहँदा पनि आममानिसहरुले त्यसलाई बेवास्ता गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कडाइ गर्न थालेको छ ।

कोरोना संक्रमणको दृष्टिले यतिबेला काठमाडौं उपत्यका ‘हटस्पट’ बन्ने खतरामा छ । त्यसैले तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौं कडारुपमा प्रस्तुत हुन थालेको छ ।

तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्य ढंगले हेर्न थालिएकाले कारबाहीको दायरा फराकिलो बनाउन लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउनुहुन्छ ।

संक्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्तिउपर एक महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पुर्‍याउनेलाई छ महिनासम्म कैद वा ५०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

उपत्यकाको नाका प्रवेश गर्नेहरुको परीक्षणमा बढी संक्रमण देखिएको छ । अहिलेसम्म संक्रमण नियन्त्रणभित्रै छ । तर, परीक्षणको नतिजाले जोखिम बढ्दै गएको प्रष्ट छ ।

पछिल्लो समयमा मानिसको लापरबाही बढ्दो छ । मास्क नलगाइ हिँड्ने जमात उस्तै छ ।

काठमाडौं प्रशासनले सुरक्षा मापदण्ड अपनाएको छ वा छैन भन्नेबारेमा नियमित अनुगमन गरिरहेको छ । अनुगमनकाक्रममा व्यवसाय सञ्चालकले मापदण्ड प्रयोग गरेको पाइएको छैन ।

नागरिक पनि कोरोना सकिएकोजसरी खुल्लमखुला हिँडिरहेका छन् । आममानिसको हेलचक्र्याइँका कारण संक्रमण बढेको प्रजिअ दाहालको भनाइ छ ।

अबको समयमा क्वारेन्टिनभन्दा पनि आइसोलेसन सेन्टर बढाउन आवश्यक भइसकेकोे प्रमुख जिल्ला अधिकारी दाहाल बताउनुहुन्छ ।

संक्रमण नियन्त्रणमा सरकारी प्रयासमा आम नागरिकले पनि हातेमालो गर्नु जरुरी छ ।

भिडियो हेर्नुहोस्