३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन


0
Shares

नवलपरासी, जेठ ३० । जिल्ला प्रशासन कार्यालय नवलपरासीले उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन उद्योगीहरुलाई निर्देशन दिएको छ ।

बक्यौता रकम नपाए राजमार्ग बन्द गरेर आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले उद्योगीहरुलाई तत्काल भुक्तानी दिन निर्देशन दिएका हुन् ।

उखु उत्पादक कृषक समितिका पदाधिकारीसहित बसेको बैठकमा सहभागी उद्योगीहरुले यथाशीघ्र किसानको रकम भुक्तानी दिने प्रतिबद्धता जनाएका छन् ।

त्यसका लागि उद्योगमा रहेका चिनी बिक्री हुनुपर्ने सर्त उद्योगीहरुले अघि सारेका छन् ।

उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले भने असारको पहिलो साताभित्र भुक्तानी नभए राजमार्ग बन्द गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

तर उद्योगीहरुले चिनी बिक्री नहुँदा किसानलाई भुक्तानी दिन नसकिएको र बिक्री नभएको चिनी सरकारले उचित मूल्य दिएर साल्ट ट्रेडिङ मार्फत खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

सरकारले उखुको मूल्य तोके जस्तै चिनीको मूल्य पनि तोक्नुपर्ने उद्योगीहरुको भनाइ छ ।

नवलपरासीमा लुम्बनी, बाग्मती र इन्दिरा चिनी उद्योग छन् । ती उद्योगले किसानलाई ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।