
काठमाडौं । राष्ट्रपति असरफ घानीले दुई दिनअघि मात्र तालिबानीलाई जेलमुक्त गर्न आदेश दिनुभएको थियो ।
उहाँले ईदको अवसरमा तीन दिने नयाँ युद्धबिराम सुरु भएसंगै यस्तो आदेश दिनुभएको थियो ।
अफगान सरकारले जेलमा रहेको कम्तिमा ४ हजार ६ सय तालिबानीलाई जेलमुक्त गरिसकेको छ ।
अफगान सरकारले अझै जेलका रहेका ४ सय तालिबानीलाई भने जेलमुक्त नगर्ने भएको छ ।
सयुक्तराज्य अमेरिकासंग गत फेब्रुवरीमा तालीवानी सरकारले गरेको सम्झौतामा अफगानीस्तानमा रहेको ५ हजार तालिबानीलाई जेलमुक्त गर्ने सहमति भएको थियो ।
सहमति बमोजिम अफगानस्तानमा रहेका ५ हजार ६ सय कैदीवन्दी रिहा भईसकेका छन् ।
बाँकी ४ सय जना गम्भिर प्रकृतीको अपराधमा संलग्न रहेको भन्दै अफगान सरकारले उनीहरुलाई जेलमुक्त नगर्नेै घोषणा गरेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्