अर्घाखाँचीमा रासायनिक मलको अभाव • Image Khabar Image Khabar


अर्घाखाँचीमा रासायनिक मलको अभाव


Imagekhabar
३० श्रावण २०७७, शुक्रबार १७:३३

अर्घाखाँचीमा रासायनिक मलको अभाव

अर्घाखाँची, साउन ३० । अर्घाखाँचीमा रासायनिक मलको अभाव भएको छ ।

धान बालिमा मल राख्न ठिक्क परेका कृषक यतिबेला युरिया मल नपाउँदा चिन्तित बनेका हुन् ।

लकडाउनको बेला भारतबाट चाहिने भन्दा निकै कम मल आएकाले जिल्लाको बजारमा रासायनिक मलको अभाव रहेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेश कुमार मिश्रले जानकारी दिनुभयो ।

उहाँले हाल जिल्लालाई करिब १ सय ५० मेट्रिक टन मल तत्कालको लागि आवश्यक रहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्