
काठमाडौं, जेठ ३१ । काठमाडौंको डल्लु आवास क्षेत्रका सामुदायलाई सुपथ, गुणस्तरीय र सुलभरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको सामुदायिक स्वास्थ्य सेवा परिषद्ले शुक्रबार स्थापनाको २२औं वार्षिकोत्सव मनाएको छ ।
सो अवसरमा आयोजित कार्यक्रममा परिषद्ले ऐतिहासिक संस्मरण स्मारिका सार्वजनिक गरेको छ भने परिषद्लाई सहयोग गर्ने दाता तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठले वि.सं. २०८० सालसम्ममा १५ शय्याको अस्पताल बनाउने लक्ष्य रहेको जानकारी दिए ।
यस्तै, काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले समुदायको सहयोगमा स्थापना भएका यस्ता संस्थाहरुलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्