
सिन्धुली । सुनकोसी नदीमा निरन्तर बाढी आउँदा नदी तटीय क्षेत्रका बस्तीहरु जोखिममा पर्दै जान थालेका छन् ।
इन्द्रावती, सुनकोसी, तामाकोसी र लिखुकोसीमा बाढी आउँदा सुनकोसी नदीमा पानीको बहाव अत्याधिक हुँदा कोसी नदी किनारका बस्तीहरु जोखिममा पर्दै आएका हुन् ।
सुनकोसी नदीमा दिनदिनै बाढी आउने क्रम रोकिएको छैन । सुनकोसी नदीको डुवान क्षेत्रमा ९० प्रतिशत माझी जाति र ५ सय ३२ घरधुरी प्रभावित हुने देखिएकोे छ ।
प्रतिक्रिया दिनुहोस्