१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


पास्नीको भोज खाँदा ३० जनाभन्दा बढी बिरामी


0
Shares

धादिङ, जेठ ३१ । धादिङको नीलकण्ठ नगरपालिका–११ को सिम्लेको आले भन्ने ठाउँमा पास्नीको भोज खाँदा एकै गाउँका ३० जनाभन्दा धेरै बिरामी परेका छन् ।

बुधवार पास्नीको भोज खाएर घर फर्केपछि बेलुकादेखि नै सामान्य ज्वरो आउने, पसिना धेरै आउने, वाक वाक लाग्ने, पेट दुखेर बान्ता हुने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको थियो ।

भोजमा मासु खाएका अधिकांश मानिसमा पखाला लाग्ने र बान्ता हुने समस्या भएको बिरामीको भनाइ छ । ज्यामरुङको सिम्लेस्थित आलेमा प्रेम आले मगरको छोराको पास्नीको भोज खाएपछि बिरामी परेकामध्ये १७ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

उनीहरुले खाएको खानेकुरामा विषाक्त वस्तु मिसिएको अथवा पानीका कारण बिरामी परेको हुन सक्ने चिकित्सकको भनाइ छ । बिरामी पर्नेमा बालबालिका पनि छन् ।