
पोखरा, साउन २८ । कोरोना (कोभिड– १९) को संक्रमण बढी रहेका बेला पनि पोखराका पर्यटन व्यवसायी स्वास्थ्य सुरक्षा मापदण्ड तयार गरी सेवा सञ्चालनका लागि तयारी अवस्थामा रहेका छन् ।
नेपाल टुर एण्ड ट्राभल्स एसोसिएशन (नाट्टा) गण्डकीको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा यस क्षेत्रका व्यवसायीलाई स्वास्थ्य सुरक्षा सचेतना तालीम सञ्चालन गरिएको छ ।
तीन चरणमा विभाजन गरी १ सय २० जनालाई कोरोनाको रोकथाम, सावधानी, स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी पर्यटकलाई कसरी सेवा दिने बारे जानकारी दिइएको थियो ।
प्रशिक्षणमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता नवराज शर्मा र विश्व स्वास्थ्य सङ्गठनका गण्डकी प्रदेशका प्रतिनिधि डा. राजीव लालचनले स्वास्थ्य सचेतनासम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले सचेतनाले कोरोनाको जोखिम न्यूनीकरणमा भूमिका खेल्ने वताउनु भयो ।
पोखरामा केहि होटल रेष्टुराहरु सञ्चानमा आएपनि पोखराका ठुला होटल अझै खुलेका छैनन् ।
उनीहरु पर्ख र हेरको अवस्थामा छन् । अहिलेको अवस्थामा बाह्रय पर्यटकभन्दा आन्तरिक पर्यटकलाई जोड दिदैँ अघि बढ्न सके पर्यटन क्षेत्र चलाएमान हुने ब्यवसायीको अपेक्षा गरेका छन ।
पोखरामा करिब ७ सय पर्यटकीय होटल रहेका छन् ।
यी होटलमा कुल ३० हजार रहेको र करिव २५ हजार बढीले रोजगारी पाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्