Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


कोरोनाबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो


0
Shares

काठमाडौं, साउन २८ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वोर गौतमले बताउनुभयो ।

काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ८४ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

उपत्यकामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६४ जनामात्र संक्रमणमुक्त भएका छन् ।

योसंगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७ सय २८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ ।

७ हजार ६ सय १३ जना आइसोलेसनमा तथा १४ हजार ८ सय ४६ जना क्वारेन्टिनमा रहेका छन् ।

भिडियो हेर्नुहोस्