सडक कालोपत्रे गर्न माग गर्दै बालाजुमा प्रदर्शन • Image Khabar Image Khabar


सडक कालोपत्रे गर्न माग गर्दै बालाजुमा प्रदर्शन


Imagekhabar
२७ श्रावण २०७७, मंगलवार १४:५६

सडक कालोपत्रे गर्न माग गर्दै बालाजुमा प्रदर्शन

काठमाडौं, साउन २७ । हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासका स्थानीय आन्दोलित भएका छन् ।

बालाजु बाइपासमा सडक विस्तारलाई तिब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार प्रदर्शन गरेका हुन ।

बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हडपेर बिना लालपुर्जा किनबेच समेत गरिएको थियो ।

सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो ।

स्थानीय पुष्प महर्जनले हिलाम्य सडकमा विगत ७ वर्षदेखि यात्रा गर्नुपरेको उल्लेख गर्दै सरकारलाई चाँडो बाटो कालोपत्रे गर्न माग गर्दै प्रदर्शन गरिएको बताउनुभयो ।

अर्का स्थानीय विरेन्द्र बहादुर वन्तले सुरुमा सडक विस्तारका लागि एकजुट भएका स्थानीयहरु अहिले कालोपत्रेका लागि एकजुट भएर लाग्नुपरिरहेको बताउनुभयो ।

केही घर टहराहरुका कारण समस्या देखिएको उहाँले बताउनुभयो ।

एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ ।

स्थानीय विश्वराम सापकोटाले निर्वाचित जनप्रतिनिधि आउनुभन्दा पहिले देखिको समस्या आज जनप्रतिनिधि निर्वाचित भएर आएपनि उस्तै रहेको बताउनुभयो ।

ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई विस्थापन गराउनका लागि स्थानियले पटक पटक माग गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्