-मानबहादुर वली/ईमेज
सुर्खेत । विकासका टुक्रे योजनामा बजेट विनियोजन गर्दा कार्यान्वयनमा चुनौती देखिएको भन्दै कर्णाली प्रदेशले आगामी वर्षको बजेटमा एक करोड रुपैयाँभन्दा साना योजना निर्माण नगर्ने भएको छ ।
विगतको भन्दा कार्यान्वयनमुखी बजेट निर्माण गर्न प्रदेश सरकारले जनताका विकास आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन थालेको हो ।
असार १ गते सार्वजनिक हुने बजेटका लागि कर्णाली प्रदेश सरकारले सरोकारवाला निकायसँग छलफल गरिसकेको छ ।
प्रदेशको आगामी बजेटमा नागरिक समाज, युवा, राजनीतिक दलका प्रमुखलगायतले चासो देखाएका छन् ।
अघिल्लो वर्ष करिब २८ अर्ब बराबरको बजेट ल्याएको प्रदेशको आगामी वर्षका लािग ३३ देखि ३५ अर्बसम्मको बजेट हुने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला बताउँछन् ।
त्यसैगरी प्रदेशले आवधिक योजना पनि निर्माण भइसकेको जनाएको छ । बजेट निर्माणअघि योजना आयोगले प्रदेशका गौरवका आयोजना पनि छनोट गरेको छ ।
प्रदेशका गौरवका आयोजना छनौट गरेर १ करोड रुपैयाँ बढीका आयोजना सञ्चालन गर्ने प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्य प्रसाद रेग्मीको भनाइ छ ।
चालु आर्थिक बर्षको बजेटबाट कर्णाली प्रदेशमा खासै सन्तोषजनक कार्य हुन सकेका छैनन् भने विकास बजेटको ठुलो रकम खर्च गर्न नसकेर थुप्रिएको छ ।










प्रतिक्रिया दिनुहोस्