Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


लगातारको बर्षाले धनगढी जलमग्न, हजारौ हेक्टर जमिन डुबानमा


0
Shares

कैलाली । लगातारको बर्षाका कारण सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी नै जलमग्न भएको छ ।

धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।

त्यस्तै कैलालीको पुर्वी क्षेत्र भजनी, जोशीपुर, टिकापुर, लालबोझी लगायतका क्षेत्र भएर बग्ने नदिहरु कर्णाली, कान्द्रा, पथरैया, मोहनालगायतका नदीहरुमा जलस्तर निरन्तर बढीरहेको कारण नदी छेउछाउँका स्थानीयहरुलाई सुरक्षीत स्थानमा सार्र्न कैलाली प्रशासनले स्थानीय निकायहरुलाई आग्रह गरेको छ ।

गत साउन १४ गते आएको बाढीका कारण भजनी नगरपालिका ८ का तीन जनाले ज्यान गुमाएका थिए ।

बाढीका कारण हजारौं हेक्टर जमिनमा लगाएको धानबाली कामै नलाग्ने भएको छ ।

Skip This