२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


जथाभावी बाटो काट्नेलाई समाएरै १५ मिनेटसम्म ट्राफिक नियम सिकाउँदै प्रहरी


0
Shares

काठमाडौं, असार ३१ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारबाट पैदलयात्रीका लागि जनचेतना अभियान शुरु गरेको छ ।

सडक सभ्यता अभिवृद्धि गर्न एक महिनासम्म अभियान सञ्चालन गरिने महाशाखाले जनाएको छ ।

उपत्यकाको विभिन्न १३ वटा स्थानमा ट्राफिक प्रहरीले जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिई १५ मिनेटसम्म सुरक्षा घेरामा राखी बाटो पार गर्ने तरिका सिकाएको हो ।

महानगरीय प्रहरी महाशाखा रानीपोखरीका प्रमुख मनोज न्यौपानेले सडक प्रयोगकर्ताहरुलाई सडक पेटीबाट मात्र हिड्न र बाटो काट्दा जेब्रा क्रसिङ् र आकाशे पुलबाट मात्र बाटो काट्न अनुरोध गरे ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख वसन्त पन्तले एक महिनासम्म अभियान संचालन गर्दा कुनै परिवर्तन नभए अभियानलाई निरन्तरता दिँदै जाने बताए ।

विशेष गरी हुम्ला, जुम्लालगायत जिल्लाबाट उपत्यका आउनेहरु बाटो काट्दा अन्यौलमा पर्ने र जानाजानी ट्राफिक नियमको उन्लंघन गर्नेका लागि लक्षित गर्न अभियान थालिएको उनले जानकारी गराए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक प्रयोगकर्ताहरुलाई पूर्ण रुपमा नियम पालना गरी सहयोग पु¥याउन अनुरोध गरेको छ ।