२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रियसभा समिति सभापतिद्धारा सपथ


0
Shares


काठमाडौं, साउन २५ । राष्ट्रियसभा अन्र्तगतका विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले आइतबार सपथ ग्रहण गरेका छन् ।

समितिका नवनिर्वाचित सभापतिहरुलाई राष्टियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ ग्रहण गराउनुभएको हो ।

राष्ट्रियसभा अन्र्तगतका ४ वटै समिति दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्टिय सरोकार समन्वय समितिका सभापतिमा क्रमशःतारादेवी भट्ट, पर्शुराम मेघी गुरुङ,रामनारायण बिडारी र दिलकुमारी थापा रावल गत शुक्रबार निर्विरोध निर्वाचित हुनुभएको थियो ।

सपथ ग्रहणपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले कारोना महामारीको संकटका बेला संसद पनि बन्द रहेको अवस्थामा समितिका कामकारवाही प्रभावकारी बनाउनु चुनौतीपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रिय सरोकार समन्वय समितिका सभापति दिलकुमारी थापा रावलले विगत २ वर्षको अनुभवका आधारमा सरकारलाई जवाफदेही बनाउने गरी समितिका कामकारवाही प्रभावकारी रुपले अगाडी बढाउने बताउनुभयो ।